काठमाडौंका ४ र ललितपुरका १ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं: काठमाडौं उपत्यकामा आज ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज काठमाडौंका ४ जना र ललितपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन्।
उनका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १ जना पुरुष, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ जना महिला र ललितपुरका १ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंको १ जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विभिन्न जिल्ला गरी आज मात्रै ४५१ जना नयाँ संक्रमित थपिएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा