थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्ला गरी सोमबार थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ४१६ जना पुरुष र ३५ जना महिला रहेका छन्।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १ हजार ४१ रहेको छ । कोरोनाको आशंकामा क्वारेन्टाइनमा बस्नेको संख्या १ लाख ३३ हजार ८ सय २९ रहेको मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा