गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं : गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँमा ५ र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा १ गरी ६ जनामा संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेशका संक्रमितहरुमा तनहुँ जिल्ला घिरिङ गाँउपालिका स्थायी ठेगाना भई सोही गाँउ पालिकाको क्वारेन्टाइनमा रहेका ४५, २२, २७, २७, र ४६ का ५ जना पुरुषहरुमा संक्रमण देखिएको जनाएको हो । उनीहरुलाई जीपी कोइराला श्वासप्रस्वास केन्द्रको आइसोलेसनमा लगिएको निर्देशनालयले जनाएको छ ।
यसैगरी नवलपरासी बर्दघाट सुस्ता पूर्व बौदीकाली गाँउपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका २० बर्षका एक जना पुरुषमा पनि संक्रमण देखिएको छ । उनलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन सेन्टरमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या २०५ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा