विदेश जाने व्यक्तिको कोरोना परीक्षण यी तीन अस्पतालमा मात्र हुने
हेल्थ टिभी अनलाइन\काठमाडौं: सरकारले विदेश जाने व्यक्तिहरूको कोरोना संक्रमण परीक्षण गर्न राजधानीका तीन वटा अस्पताललाई तोकेको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विदेश जानुपर्ने वा निरोगिताको प्रमाणपत्र चाहिनेहरुका लागि राजधानीको वीर अस्पताल, पाटन अस्पताल र शिक्षण अस्पताल महाराजगंज तोकिएको बताएका हुन्।
उनले यस्ता व्यक्तिहरुले यी तीन अस्पतालमा गएर परीक्षण गर्न सक्ने जानकारी दिए । उनले यसभन्दा अघि जुनसुकै स्थानबाट परीक्षण गर्न सकिने भए पनि अबदेखि अस्पताल तोकिएकोले सो स्थानमा मात्र परीक्षण गर्न जान आग्रह गरे ।
त्यसो त राजधानीमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुकै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सबैभन्दा बढी कोरोनाको परीक्षण हुँदै आएको छ । सेवाग्राहीको सुविधाका लागि यसरी परीक्षणका लागि अस्पताल तोकेको मन्त्रालयले जनाएको छ । यी स्थानसहित देशभर २१ स्थानबाट कोरोनाको पीसीआर विधिमार्फत परीक्षण हुँदै आएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा