अबदेखि निजी ल्याबले पनि कोरोना परीक्षण गर्न पाउने, शुल्क ५ हजार ५ सय तोकियो
हेल्थ टिभी अनलाइन\काठमाडौं : सरकारले अबदेखि निजी ल्याबमा समेत कोरोनाको पीसीआर परीक्षण गर्ने निर्णय गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै निजी प्रयोगशालालाई पनि पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्न अनुमति दिएको हो।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले प्रक्रिया पूरा गरेका निजी प्रयोगशालाले कोरोना परीक्षण गर्न पाउने तर सरकारले संकलन गरेका स्वाबका नमुना मात्र परीक्षण गर्न पाउने बताए । उनले भने, ‘नीजि प्रयोगशालाले पनि कोरोना परीक्षण गर्न पाउँछन् तर हामीले विभिन्न क्वारेन्टाइन अथवा आइसोलेसन सेन्टरबाट संकलन गरेर उपलब्ध गराएका नमुना मात्रै । उनले त्यसका लागि मन्त्रालयले ५ हजार ५ सय शुल्क निर्धारण गरेको जनाए ।
मन्त्रालयले अहिले निजी प्रयोगशालामा सरकारले हाल संकलन गरेका नमूना परीक्षणका लागि दिने छ। उक्त परीक्षण गरे बापतको रकम सरकारले निजी प्रयोगशालालाई एकमुष्ट उपलब्ध गराउने छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम