नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका ८२ वर्षीय पुरुषमा देखियो कोरोना
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका एक जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सानोभेरी -१ रुकुमका ८२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा उनमा कोरोना देखिएको हो ।
अस्पतालले आज विज्ञप्ति जारी गर्दै नेपालगञ्ज मेडिकल कलेजमा पेटको समस्या भएर सर्जिकल वार्डमा भर्ना गरेका ८२ वर्षीय बिरामीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
यसैगरी आज बाँकेमा ३ र बर्दियामा ३ जना नयाँ संक्रमित थपिएको पनि अस्पतालले जनाएको छ ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा