Health TV Online
Health TV Online
Health TV Online

डडेल्धुरा अस्पतालमा कार्यरत स्टाफ नर्समा कोरोना संक्रमण

डडेल्धुरा अस्पतालमा कार्यरत स्टाफ नर्समा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ डडेल्धुरा: डडेल्धुरामा एक जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका २४ जनामध्ये एक जना स्टाफ नर्स भएको खुलेको हो।

डडेल्धुरा अस्पतालमा कार्यरत स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट जगदीशचन्द्र विष्टले जानकारी दिए।

अस्पतालमा कार्यरत ३३ वर्षीया स्टाफ नर्समा कोरोना संक्रमण देखिएको विष्टले बताए। अस्पतालमा कार्यरत रहेकी उनलाई कसरी संक्रमण भएको हो भन्नेबारे भने केही खुल्न सकेको छैन्। उनका अनुसार कोरोना संक्रमित ती नर्सलाई अहिले होम आइसोलेसनमा राखिएको छ ।  उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

यसअघि अस्पताल नजिकै रहेको एक मेडिकलमा कार्यरत अनमीमा पनि कोरोना संक्रमण देखिएको थियो। ती युवती पनि अहिले होम आइसोलेसनमा छिन्। डडेल्धुरामा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार