पाकिस्तानका पूर्व प्रधानमन्त्री गिलानीमा देखियो कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं: पाकिस्तानका पूर्व प्रधानमन्त्री यूसुफ राजा गिलानीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
गिलानीका छोरा कासिम गिलानीले ट्वीट गर्दै आफनो बुवालाई परीक्षण गर्दा कोरोना संक्रमण देखिएको बताएका हुन्। ६७ वर्षीय गिलानीलाई उच्च ज्वरो आएपछि परीक्षण गर्दा शनिबार कोरोना पुष्टि भएको हो ।
पाकिस्तानमा पछिल्लो एक साता कोरोना संक्रमण तीब्र रुपमा बढेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यहाँ हालसम्म १ लाख ३२ हजार ४०५ जनामा कोरोना संक्रमण देखिएको छ भने २ हजार ५ सय ५१ जनो ज्यान गुमाएका छन्। गत २४ घण्टामा मात्रै पाकिस्तानमा ६ हजार ४७२ जना नयाँ संक्रमित थपिएका छन्। यसैगरी ८८ जनाले ज्यान गुमाएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा