गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आज विज्ञप्ति जारी गर्दै थप दुई जनामा कोरोना पुष्टि भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १९९ पुगेको छ ।
निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माका अनुसार नवलपरासी जिल्ला बर्दघाट सुस्ता पूर्व देवचुली नगरपालिकाका २३ र ३२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरु सोही पालिकाको क्वारेन्टाइनमा बस्दै आएका थिए । कोरोना पुष्टि भएपछि उनीहरुलाई अहिले रजहरस्थित सामूदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा लैजान लागिएको बताइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा