नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुग्यो: स्वास्थ्य मन्त्रालय
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
वीरगञ्जका १ र बाराका १ गरी आज दुई जना व्यक्तिको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको हो । मन्त्रालयका अनुसार वीरगञ्जको घण्टाघर नजिक बेवारिसे अवस्थामा जेठ २८ गते एक युवकको शव फेला परेको थियो । शव पोष्टमार्टमका लागि सोही दिन नारायणी अस्पताल लगिएको र कोरोना परीक्षण गर्दा शुक्रबार उनमा कोरोना देखिएको हो ।
यसैगरी बाराका ५ वर्षीय बालक जसको उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो, उनमा पनि कोरोना पुष्टि भएको हो । उच्च ज्वरो र श्वासप्रश्वासमामा समस्या भएपछि वीरगञ्जको हेल्थ केयर अस्पतालमा उपचारका लागि ल्याइए पनि उनको शुक्रबार नै मृत्यु भएको हो । यसअघि नै आरडीटी विधिमार्फत कोरोना परीक्षण गर्दा उनमा पोजेटिभ पाइएको थियो । उनको मृत्युपछि नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा आज कोरोना पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा