उपचारको क्रममा मृत्यु भएका बाराका ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\काठमाडौं: वीरगञ्जस्थित हेल्थ केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका बालकमा कोरोना पुष्टि भएको छ ।
बारा निजगढ नगरपालिका ६ योजनाटोलका ५ वर्षीय बालकमा कोरोना पुष्टि भएको हो । बालकमा नियोनिया भएको भन्दै निजगढबाट थप उपचारका लागि वीरगन्ज पुर्याइएका बालकको उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो । मृत्युपछि बालकको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।
मृत्यु भएका बालकमा कोरोना देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए । उच्च ज्वरो आउने क्रम नरोकिएपछि उनलाई शुक्रबार बिहान वीरगञ्ज लगिएको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा