कोरोनाबाट बढी प्रभावित देशहरुको सूचीमा भारत चौंथो स्थानमा
हेल्थ टिभी अनलाइन: कोरोना भाइरसबाट सबैभन्दा धेरै मानिस संक्रमित हुने देशहरुको सूचीमा भारत चौंथो स्थानमा उक्लिएको छ ।
भारतमा कोरोना संक्रमितको संख्या ३ लाख नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ शनिबार बिहानसम्म कोरोना संक्रमितको संख्या ३ लाख ८ हजार ९ सय ९३ पुगेको छ ।
यसैगरी भारतमा हालसम्म ८ हजार ८ सय ८४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। गत २४ घण्टामा मात्रै ११ हजार ४ सय ५८ संक्रमित थपिएका छन्। भारतमा एकैदिन देखिएको संक्रमितको यो संख्या अहिलेसम्मकै धेैरै भएको त्यहाँको मन्त्रालयले जनाएको छ । कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा ३८६ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म कोरोना उपचार गरी निको भएर घर फर्किनेको संख्या १ लाख ५४ हजार भन्दा बढी रहेको छ ।
भारत कोरोनाको सबैभन्दा बढी प्रभावित हुने देशहरुमा चौथों नंम्बरमा रहेको छ । अमेरिका, ब्राजिल, रुस पछि भारतमा धेरै संक्रमित देखिएका छन्। भारतमा लगातार ९ दिनदेखि १० हजारका दरले दैनिक रुपमा संक्रमित बढिरहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा