६ वर्षीय बालकसहित गण्डकी प्रदेशमा थप ५ जना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन\ काठमाडौं: गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । शनिबार बिहान पर्वतका ४ र नवलपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ ।
पर्वतको कुश्मा नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका ६ वर्षीय बालक, १७ वर्षीय किशोरीमा कोरोना संक्रमणको पुष्टि भएको छ । यसैगरी पर्वतकै जलजला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका १७ का १ जना युवक र महाशिला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका १६ वर्षीय अर्का युवकमा समेत कोरोनाको संक्रमण देखिएको छ ।
साथै गण्डकी प्रदेश, नवलपरासी जिल्ला बर्दघाट सुस्ता पूर्व मध्यबिन्दु नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका ४५ वर्षे पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ। उनीहरुलाई जिल्ला स्थित आइसोलेसन सेन्टरमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित