आज थप ४४८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्ला गरी थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । मन्त्रालयका अनुसार संक्रमित मध्ये ४७०९ पुरुष र ३५३ महिला रहेका छन्। मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ५८ हजार ५० रहेकाे छ ।
आइसोलेसनमा रहने संक्रमितको संख्या ४ हजार ७ सय ९ जना रहेकाे छ । हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा