ह्याम्स अस्पतालमा उपचाररत संक्रमित निको भएर डिस्चार्ज भए
हेल्थ टिभी अनलाइन\ काठमाडौं: धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत कोरोना संक्रमित आज निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।
पोखराका ६० वर्षीय संक्रमितलाई अस्पतालले भेन्टिलेटरमा राखेर उपचार गरेको थियो । जेठ २० गते पोखरामा बेहोस भएर हेलिकोप्टर रेस्क्यु गरेर ह्याम्समा ल्याइएका उनमा २२ गते कोरोना पुष्टि भएको थियो । अस्पतालका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माले पोखराका संक्रमितको दुईपटकसम्म परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको बताए । उनले भने, ‘उहाँको स्वास्थ्य अवस्था सुधार भइसकेको छ र कोरोना पनि नेगेटिभ भइसकेकोले त्यसैले आज डिस्चार्ज गर्न सफल भयौं।’
डा शर्माले भने, ‘नेपालमा कोरोना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार गरी सफल भएको सायद यो नै पहिलो केस होला । उहाँ सिरियस अवस्थामा आउनु भएको थियो । हामीले निको बनाएर पठाएका छौं ।’
स्वास्थ्य मन्त्रालयको निर्देशिका बमोजिम कुनै पनि व्यक्तिमा कोरोना संक्रमण भएपछि सरकारले तोकेको अस्पतालमा गएर उपचार गर्नुपर्नेछ । तर ह्याम्स अस्पतालका संक्रमितले आफू त्यही अस्पतालमा उपचार गर्ने भनेपछि संक्रमितको त्यहीं उपचार गरिएको हो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा