क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ६२ हजार, २४ घण्टामा जम्मा ५ हजार १९४ परीक्षण
हेल्थ टिभी अनलाइन\ काठमाडौं: गत १४ घण्टामा सरकारले ५ हजार १ सय ९४ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गरेको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालाबाट आज ५ हजार १ सय ९४ जनाको कोरोना परीक्षण गरिएको बताएका हुन्।
उनका अनुसार हालसम्म पीसीआर विधिमार्फत १ लाख १५ हजार ९३० जनाको कोरोना परीक्षण गरिएको छ । यसैगरी आरडीटी विधिमार्फत १ लाख ७८ हजार १४३ जनाको परीक्षण गरिएको उनले जानकारी दिए । तर उता कोरोनाको आशंकामा देशभरका क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ६२ हजार १३ पुगेको छ । देशभरका २१ स्थानबाट पीसीआर परीक्षण शुरु गरिएको भए पनि समयमै परीक्षण हुन नसक्दा धेरै नमुना होल्ड हुँदै आएको छ ।
मन्त्रालयका अनुसार आइसोलेसन सेन्टरमा रही उपचार गराइरहेका संक्रमितको संख्या ३ हजार ७ सय ३८ रहेको छ । यसैगरी आज कोरोना जितेर घर फर्किनेको संख्या १८७ रहेको मन्त्रालयले जनाएको छ । योसँगै आजसम्म कोरोना जितेर घर जानेको संख्या ८६१ पुगेको छ । जसमध्ये ७७४ जना पुरुष र ८७ जना महिला रहेका छन्।
नेपालमा कोरोना संक्रमणका कारण १५ जनाले ज्यान गुमाएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा