भारतमा कोरोना कहर: एकैदिन थपिए झण्डै १० हजार संक्रमित
हेल्थ टिभी अनलाइन: भारतमा कोरोनाको कहर बढ्दै गएको छ । गत २४ घण्टामा मात्रै भारतमा झण्डै १० हजार नयाँ संक्रमित थपिएका छन्।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ एकैदिन ९ हजार ९ सय ८५ जना नयाँ संक्रमित थपिएका छन्। यसैगरी २७९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। अहिलेसम्म भारतमा २ लाख ७६ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ७ हजार ७ सय ४५ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार १ लाख ३५ हजार भन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।
भारतले कोरोना रोकथाम तथा नियन्त्रणका लागि देशभर साढे दुई महिनादेखि लकडाउन जारी राखेको छ तर पनि संक्रमितको संख्या भने बढिरहेको छ । भारतमा एक साता यता दैनिक रुपमा लगातार ९ हजार भन्दा बढी नयाँ संक्रमित थपिंदै आएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा