डडेल्धुरामा स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण
शेर भण्डारी\ डडेल्धुरा: डडेल्धुरामा पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार कोरोना पुष्टि भएका जिल्लाका ७ जना संक्रमित मध्ये अमरगढी नगरपालिका–५की १८ वर्षीया युवती स्वास्थ्यकर्मी भएको खुलेको हो ।
संक्रमित स्वास्थ्यकर्मी डडेल्धुरामै अस्पताल नजिक रहेको मेडिकलमा कार्यरत रहेको बुझिएको छ । युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि उनको परिवार र सम्पर्कमा आएकाहरुको खोजी कार्य शुरु गरिएको छ । स्वास्थ्य कार्यालय भेक्टर कन्ट्रोलर सुपरभाइजर तथा कोभिड–१९ डडेल्धुराका सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएकालाई आइसोलेसनमा राखी कोरोना परीक्षण गरिने बताए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा