थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा आज मात्रै थप ३२३ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज विभिन्न जिल्लामा गरी थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन्।
योसँगै नेपालमा संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । मन्त्रालयका अनुसार कोरोना जितेर घर फर्किनेको संख्या ५८४ रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण १५ जनाको मृत्यु भइसकेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा