बाँकेमा आइसोलेसन सेन्टरबाटै भागे एक जना कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन\ काठमाडौं: बाँके जिल्लाको जानकी गाउँपालिकामा रहेको एक आइसोलेसन सेन्टरबाट कोरोना संक्रमित भागेका छन्। जानकी गाउँपालिकाको श्री माध्यमिक विद्यालयमा बनाइएको आइसोलेसन सेन्टरमा बस्दै आएका नेपालगंज कोरियनपुरका एक संक्रमित युवक सोमबार राती भागेका हुन्।
यस विषयमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले आफूले पनि आइसोलेसनबाट एक जना भागेको भन्ने सुनेको तर औपचारिक जानकारी भने नआएको बताए । फरार भएका उनको खोजीको लागि बिहान देखि नै प्रहरी परिचालन गरिएको वडा नम्बर एकका अध्यक्ष मोहम्द राजा राइले बताएका छन् ।
उनी भारत तिर भागेको हुनसक्ने अनुमान गरिएको छ । भारतबाट आएका उनलाई जेठ ९ गतेदेखि क्वारेन्टाइनमा राखिएको थियो । उनको कोरोना परीक्षण गर्दा जेठ २२ गते पोजेटिभ पाइएपछि सोही स्थानको आइसोलेसनमा सारिएको थियो ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम