गण्डकी प्रदेशमा थप २४ जना कोरोना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन\ काठमाडौं: गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आज विज्ञप्ति जारी गर्दै नवलपरासीमा १२, बाग्लुङमा ११ र म्याग्दी जिल्लामा १ जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नवलपरासी जिल्ला बर्दघाट सुस्ता पूर्व बौदीकाली गाउँपालिकाका १८ देखि ४० वर्षका पुरुषहरु रहेका छन्। यसैगरी बाग्लुङ निसीखोला गाउँपालिकाका ३ जना पुरुष एवं बरेङ गाउँपालिकाका १८ देखि ४९ वर्षका ८ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
निर्देशनालयका अनुसार उता म्याग्दी जिल्ला बेनी नगरपालिकाका ४६ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४४ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा