दाङको आइसोलेसनबाट डिस्चार्ज भएका संक्रमितलाई पुन: नेपालगञ्जको आइसोलेसनमा राखियो
हेल्थ टिभी अनलाइन\ काठमाडौं: कोरोना विशेष अस्पताल बेलझुण्डी दाङले डिस्चार्ज गरेर पठाएका कोरोना संक्रमितलाई पुन: नेपालगञ्जमा आइसोलेसनमा राखिएको छ । आइतबार स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका बमोजिम नरैनापुरकासहित १० जना संक्रमितलाई १४ दिन आइसोलेसन बसाईपछि घर पठाएको थियो। ती मध्ये ३ जनामा कोरोना पोजेटिभ नै रहेको अस्पतालले जनाएको छ ।
दाङबाट पोजेटिभ रिपोर्ट भए पनि १४ दिन पुगेको भन्दै घर पठाएपछि स्थानीयले संक्रमणमुक्त नभई घर आएको भन्दै चर्को विरोध जनाएका थिए । त्यसपछि उनीहरुलाई सोमबार प्रशासनले पुन: नेपालगञ्ज ल्याएर आइसोलेसनमा राखेको हो । यसभन्दा अघि संक्रमितको दुईपटक सम्म परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि मात्रै घर पठाउने गरिएको थियो ।
स्वास्थ्य मन्त्रालयले परीक्षणका वारेमा नयाँ निर्देशिका जारी गरेको छ । सो निर्देशिकामा लक्षण नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेपछि परीक्षण बिना नै घर पठाउने उल्लेख छ । यो निर्देशिका जनस्वास्थ्यका हिसाबले घातक हुनसक्ने भन्दै जनस्वास्थ्य विज्ञहरुले विरोध समेत गरेका छन्। उनीहरुले संक्रमण मुक्त भए नभएको जानकारी बिना संक्रमितलाई डिस्चार्ज गर्न नहुने बताउँदै आएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा