सांसद सुवालको योग वैज्ञानिक नभएको भन्ने अभिव्यक्ति प्रति योग तथा प्राकृतिक चिकित्सक संघको आपत्ति
हेल्थ टिभी अनलाइन\काठमाडौं: योग तथा प्राकृतिक चिकित्सक संघ नेपालले सांसद प्रेम सुवालले संंसदमा योग वैज्ञानिक नभएको भन्ने सम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।
सांसद सुवालले योगको वारेमा भ्रम फैलाउने गरी योग वैज्ञानिक नभएको र यसलाई प्रतिवन्ध लगाउनुपर्छ भनेर दिएको अभिव्यक्ति प्रति संघले आपत्ति जनाएको हो। संघले सोमबार विज्ञप्ति जारी गर्दै सांसद सुवाललाई योगकावारेमा अध्ययन गरेर मात्र बोल्न आग्रह गरेको छ।
संघले जारी गरिएको विज्ञप्तिमा भनिएको छ,’योग पूर्ण रुपमा वैज्ञानिक छ । विश्वका धेरै देशले यसलाई अंगालेका छन्। शुरुमा योग आध्यात्मिक साधनाको रुपमा प्रचलित भए पनि अहिले योग चिकित्साको रुपमा विकसित भइसकेको छ । विषयको अध्ययन नै नगरी सांसद प्रेम सुवालले संसदमा योग वैज्ञानिक छैन् र यसलाई प्रतिबन्ध लगाउनुपर्छ भन्नु भएको प्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ । विश्व स्वास्थ्य संगठनले समेत मान्यता दिइसकेको योगका वारेमा संसद जस्तो ठाउँमा बोल्दा होस पुर्याएर विषयगत अध्ययन गरेर मात्र बोल्नु हुन अनुरोध गर्दछौं,’ उल्लेख छ ।
संघले योग सम्पूर्ण रुपमा वैज्ञानिक भएको भन्दै यसका वारेमा भ्रममा नपर्न र अरुलाई पनि भ्रममा नपार्न सांसद सुवाललई आग्रह गरेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा