नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु , स्याङ्जाका ६० वर्षीय वृद्धले गुमाए ज्यान
हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहान विज्ञप्ति जारी गर्दै स्याङ्जाका एक जना व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हिजो कोरोना संक्रमण पुष्टि भएका र तीन दिनदेखि उपचारमा रहेका स्याङ्जा जिल्ला वालिङ नगरपालिकाका ६० वर्षीय वृद्धको मृत्यु भएको हो ।
गण्डकी प्रदेशमा कोरोनाका कारण यो पहिलो मृत्यु हो ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा