जिम्मेवारी फेरियो : कोरोना अपडेटमा भोलिदेखि देखिने छैनन् डा. देवकोटा
हेल्थ टिभी अनलाइन\ काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा भोलिदेखि कोरोना सम्बन्धी मिडिया ब्रिफिङमा देखिने छैनन्। मन्त्रालयले आइतबार उनको जिम्मेवारी हेरफेर गरेसँगै उनको स्थानमा प्रवक्ताका रुपमा प्रसुती तथा स्त्री रोग अस्पताल थापाथलीका निर्देशक डा जागेश्वर गौतम आएका छन्।
डा देवकोटालाई मन्त्रालयकै गुणस्तर मापन महाशाखाको प्रमुखमा लगिएको छ । चैत ११ गतेदेखि लगातार कोरोना अपडेटको मिडिया ब्रिफिङमा देखिएका डा देवकोटाले आफू भोलिदेखि फरक भूमिकामा जान लागेकाले मिडिया ब्रिफिङमा नआउने जानकारी दिंदै सबैलाई सहयोगका लागि धन्यवाद दिए ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले मन्त्री भएर आए लगत्तै आफूले कुनै पनि आस्थाका आधारमा कुनै पनि कर्मचारीको जिम्मेवारी हेरफेर नगर्ने बताएका थिए । तर उनी आएको केही महिनामा नै कर्मचारी सरुवा गर्न थाले । केही दिन अघि मात्रै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलाई मन्त्रालय बोलाएर उनको स्थानमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा दिपेन्द्ररमण सिंहलाई लगेका थिए ।
यसैगरी व्यवस्थापन महाशाखामा मन्त्रालयका डा रमेश खरेललाई सरुवा गरेर भोगेन्द्र डोटेललाई मन्त्रालय तानेका थिए । त्यसको एक साता पनि हुन नपाउँदै प्रवक्ता डा विकास देवकोटालाई अर्को शाखामा पठाएका छन्। डा देवकोटा अहिलेसम्मकै शालिन प्रवक्ताका रुपमा चिनिएका थिए ।
कोरोना महामारीका बेला कर्मचारीको जिम्मेवारी हेरफेर गर्दा यसले प्रत्यक्ष असर पार्न सक्ने विज्ञहरुको भनाई छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित