थप २१३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा थप २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरी थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २०९ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ । संक्रमितमध्ये ३ हजार २ सय १२ पुरुष र २ सय ३६ जना महिला छन्।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४६७ जना उपचारपछि निको भएर घर र्फेका छन्। पछिल्लो २४ घण्टामा मात्रै १०२ जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएको बताइएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय २८ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा