बैतडीमा क्वारेन्टाइनमा बसेका ३१ बर्षीय पुरुषको मृत्यु, कोरोना परीक्षण हुँदै
शेर भण्डारी\ डडेल्धुरा : बैतडीमा क्वारेन्टाइनमा बसेका एक पुरुषको आज मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका-६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसेका एकजनाको शनिबार मृत्यु भएको हो।
पाटन नगरपालिका- ६ सन्तोली घर भएका ३१ बर्षीय पुरुषको मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका हेल्थ असिष्टेन्ट प्रेमसागर भट्टले जानकारी दिए । उनी शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आइपुगेका थिए।
एक्कासी साँझ ६ बजेतिर बेहोस भएका ती पुरुषको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा साढे आठ बजेतिर मृत्यु भएको हेल्थ असिष्टेन्ट भट्टले बताए।
मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको र स्वाब धनगढी पठाइने पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए। ती व्यक्तिसंग बेंगलोरबाट अरु १३ जना पनि आज बिहान मात्र पाटन पुगेको बताइएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा