कोरोनाका कारण महिलाको मृत्युपछि सेती अस्पतालको डायलाइसिस विभाग सिल
हेल्थ टिभी अनलाइन\ काठमाडौं: सेती प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न आएकी महिलाको मृत्युपछि कोरोना पुष्टि भएपछि अस्पतालको डायलाइसिस विभाग सिल गरिएको छ । शुक्रबार अस्पतालमा डायलाइसिस गर्ने क्रममै धनगढी वडा नं ४ की ५५ वर्षीया महिलाको मृत्यु भएको हो। मृत्युपछि आज कोरोना पुष्टि भएको वारेमा शनिवार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका हुन्।
लामो समयदेखि मिर्गौलासम्बन्धी रोगबाट पीडित उनी डायलाइसिस गराउनका लागि शुक्रबार सेती अस्पताल पुगेकी थिइन्। डायलाइसिस अघि उनको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको डायलासिस वार्डका व्यवस्थापक दीपक भट्टले जानकारी दिए। मृत्युपछि थ्रोट स्वाबको नमूना संकलन गरी धनगढी प्रयोगशालामा पठाइएकोमा आज कोरोना पुष्टि भएको हो।
यो सँगै सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ। यसअघि जेठ १८ गते सुदूरपश्चिममा पहिलो पटक कोरोना भाईरसबाट बाजुराकी दुई बर्षीय बालिकाको मृत्यु भएको थियो।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा