डडेल्धुरा अस्पतालमा सुत्केरी भएकी महिलामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ डडेल्धुरा: डडेल्धुरामा एक सुत्केरी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार धनगढीको सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा महिलाको रिपोर्ट पोजेटिभ आएको हो।
डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका–४ की २१ वर्षिय सुत्केरीमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ। डडेल्धुराको नवदुर्गा गाउँपालिका सिराड स्थित क्वारेन्टाइनमा बसेकी महिला सुत्केरी सेवाका लागि जेठ २१ गते डडेल्धुरा अस्पताल आएकी थिइन्।
जेठ २२ गते स्वाव संकलन गरेर धनगढी पठाइएकोमा शनिबार उनको रिपोर्ट पोजेटिभ आएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेन्ट डा जगदीशचन्द्र विष्टले बताए ।
ति महिलाले शुक्रबार विहान बच्चा जन्माएकी थिइन्। महिलाको रिपोर्ट पोजेटिभ आएपछि महिला र बच्चालाई आइसोलेसनमा राखिएको डा विष्टले जानकारी दिए। डा विष्टका अनुसार आमा र बच्चाको स्वास्थ्य अबस्था सामान्य रहेको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा