बाँके र बर्दियामा आज थपिए ४० जना संक्रमित
हेल्थ टिभी अनलाइन\ काठमाडौं: आज एकैदिन बाँके र बर्दियामा गरी थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४० जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ। यसरी संक्रमित हुनेमा बाँकेका १२ जना र बर्दियाका २८ जना रहेका छन्।
अस्पतालका अनुसार बाँके खजुरा वडा नं- ४ का ७ जना, खजुराकै वडा नं- ५ का १ जना, नेपालगञ्ज -१ का १ जना, वैजनाथ वडा नं ६ का २ जना र वैजनाथ- २ का १ जना गरी १२ जनामा कोरोना पुष्टि भएको छ ।
यसैगरी बर्दिया राजापुर वडा नं १० का ३ जना, ८ का २ जना, मधुवन -२ का २ जना, मधुवन- ५ का २ जना, गुलरिया -३ का ८ जना, गुलरिया ६ का १ जना, गुलरिया -१० का १ जना, वडा नं- ३ का १ जना, वडैया ताल -६ का १ जना, ७ का २ जना, बाँसगडी- ६ का १ जना, ९ का ३ जना, बाँसगडी २ का १ जना गरी २८ जना-मा कोरोना पुष्टि भएको हो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा