Health TV Online
Health TV Online
Health TV Online

भारतबाट आएर बाजुराको क्वारेन्टाइनमा बसेका ६५ वर्षीय पुरुषको मृत्यु

भारतबाट आएर बाजुराको क्वारेन्टाइनमा बसेका ६५ वर्षीय पुरुषको मृत्यु

हेल्थ टिभी अनलाइन\ डडेल्धुरा : भारतबाट आएर बाजुरामा क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ। जिल्लाको खप्तड छेडेदह गाउँपालिका–७ मा रहेको क्वारेन्टाइनमा बसेका ६५ वर्षीय वृद्धको मृत्यु भएको हो।

हिजो साँझदेखि खाना नखाएको र राती एकाएक बिरामी भएर ति पुरुषको मृत्यु भएको खप्तड छेडेदह गाउँपालिका–७का वडाअध्यक्ष खगेन्द्र रावतले बताए। गाउँमै रहेको मष्टा आधारभुत बिद्यालय बुढाबाडाको क्वारेन्टाइनमा उनको मृत्यु भएको वडाअध्यक्ष रावतले जानकारी दिए।

जेठ १५ गते भारतबाट आएर उनी क्वारेन्टाइनमा बसेका थिए।  मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए। मृतकको स्वाब संकलन गरी धनगढी प्रयोगशालामा पठाउने र उनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार