गण्डकी प्रदेशमा शनिबार बिहानै थपिए १७ जना संक्रमित
हेल्थ टिभी अनलाइन\काठमाडौं: गण्डकी प्रदेशमा शनिबार बिहानै १७ जना नयाँ संक्रमित फेला परेका छन्।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आज बिहानै विज्ञप्ति जारी गर्दै ४ जिल्ला गरी १७ जनामा कोरोना पुष्टि भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ७५ पुगेको छ ।
निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माका अनुसार स्याङ्जाका १० जना, कास्कीका ३ जना,बाग्लुङका १ र नवलपरासी बर्दघाटका १ गरी १७ जनामा कोरोना पुष्टि भएको हो । निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा स्याङजा वालिङ नगरपालिकाका ८ जना पुरुष र हरिनास गाउँपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । यसैगरी कास्कीका रुपा गाउँपालिकाका २ जना पुरुष र पोखरा गाउापालिकाका १ जना पुरुषमा कोरोना देखिएको हो ।
यसैगरी भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी बर्दघाट विनय त्रिवेणी गाउँपालिकाका ३ जना पुरुषमा कोरोना पुष्टि भएको हो । संक्रमित सबैलाई सम्बन्धित जिल्ला अस्पताल लैजाने तयारी भएको जनाइएको छ ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा