२४ घण्टामा २७८ जना कोरोना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा आज थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरी शुक्रबार २७८ जना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा संक्रमितको संख्या २ हजार ९सय १२ पुगेको छ ।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ६६ हजार ७६५ रहेको छ । यसैगरी संक्रमित भएर विभिन्न अस्पतालमा उपचार गरिरहेकाको संख्या शुक्रबारसम्म २ हजार ५ सय ६८ रहेको छ । मन्त्रालयका अनुसार सबै संक्रमित क्वारेन्टाइनमा रहेका हुन्।
मन्त्रालयका अनुसार कोरोना जितेर घर फर्किनेको संख्या ३३३ पुगेको छ । यसैगरी नेपालमा हालसम्म ११ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा