ल्याबमा स्वाब होल्ड भएपछि सुदूरपश्चिममा पाँच दिनसम्म स्वाब संकलन नहुने
हेल्थ टिभी अनलाइन\ काठमाडौं : सुदूरपश्चिममा अबका ५ दिनसम्म कोरोना परीक्षणका लागि स्वाब संकलन नहुने भएको छ । सुदूपश्चिम स्वास्थ्य निर्देशनालयले सम्पूर्ण निकायलाई परिपत्र गर्दै ५ दिनसम्मका लागि कोरोना परीक्षणका निम्ति नमुना संकलन नगर्न आग्रह गरेको छ ।
निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले हेल्थ टिभी अनलाइसँग कुरा गर्दै भने, ‘सुदूरपश्चिममा अहिले नै १ हजार ८३ जनाको स्वाब संकलन भएर परीक्षणका लागि राखिएको छ । तर हामीले दैनिक रुपमा परीक्षण गर्न सक्ने भनेको बढीमा २५० मात्र हो । यही हिसाबले परीक्षण गर्दा पनि हामीलाई ५ दिन लाग्छ । न त प्रयाप्त जनशक्ति छन्, नत स्वाब स्टोर गर्ने उचित स्थान नै । देशमै सबभन्दा बढी लगभग ६० हजार मानिस क्वारेन्टाइनमा बसेको स्थानमा सरकारले केही त गर्नु पर्यो नि । हामीले कसरी व्यवस्थापन गर्ने ,उनले थपे ।
स्वास्थ्य मन्त्रालयका अनुसार बिहिबारसम्म सुदूरपश्चिममा ५८ हजार १ सय ६१ जना क्वारेन्टाइनमा रहेका छन्। नेपालीहरु भारतबाट आउने क्रम अझै बढ्दो छ । डा अवस्थीले स्वाब धेरै दिनसम्म होल्ड गरेर राख्दा त्यसको नतिजा सही नआउन सक्ने सम्भावना बढी भएकाले पनि अहिले केही दिनलाई संकलन कार्य रोक्न बाध्य भएको बताए ।






आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम