सुदूरपश्चिम प्रदेशमा थप ६ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन\डडेल्धुरा: सुदूरपश्चिम प्रदेशमा थप ६ जनामा कोरोना पुष्टि भएको छ। शुक्रबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको हो। यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९२ पुगेको छ।
आज कोरोना पुष्टि हुने संक्रमित मध्ये ५ जना डडेल्धुराका र १ जना कैलालीका रहेका छन्। कोरोना संक्रमित देखिनेहरुमा डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का ३८ र १७ वर्षका पुरुष, वडा नम्बर २ का २४, १९ र ५७ वर्षका पुरुष रहेका छन् भने कैलालीको जानकी गाउँपालिका–७का १६ वर्षिय पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।
यसअघि सुदूरपश्चिममा बिहीबार ५ जनामा कोरोना पुष्टि भएको थियो। सुदूरपश्चिमका ९२ जना संक्रमित मध्ये ८८ जना प्रदेशभित्रै रहेका छन् भने बझाङ र बाजुराका १÷१ संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भइरहेको छ। यहाँका एकजना संक्रमितको मृत्यु भइसकेको छ भने ७ जना प्रदेशभित्रबाटै निको भएर घर फर्किसकेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा