जुम्लामा क्वारेन्टाइनमा बसेका वृद्धको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : जुम्लामा पनि क्वारेन्टाइनमा बसेका एक वृद्धको मृत्यु भएको छ। चन्दननाथ नगरपालिका–८ धुपीढुस्का माध्यमिक विद्यालय तलिउममा क्वारेन्टाइनमा बसेका ६५ वर्षीय वृद्धको बिहीबार राती मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार मृतक वृद्ध यही जेठ २१ गते बर्दियाबाट आएर क्वारेन्टाइन बसेका थिए। उनको मृत्यु भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको स्वास्थ्यकर्मी टोलीले स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको छ। मृतक दमको रोगी भएको बताइएको छ । जुम्लामा क्वारेन्टाइनमै मृत्यु भएको यो पहिलो घटना हो।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम