गण्डकी प्रदेशमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं: गण्डकी प्रदेशमा शुक्रबार बिहान थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँका २ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै तनहुँ ऋषिङ गाउँपालिकाका वर्ष ३९ र ४० का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको जनाएको छ ।योसँँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ ।
आज पुष्टि भएका दुवै संक्रमित स्थानीय गाउँपालिकाको क्वारेन्टाइनमा रहेको बताइएको छ । उनीहरुलाई अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा