सुर्खेतमा कोरोना संक्रमणका कारण २० वर्षीय युवकको मृत्यु, मृत्युपछि कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । सुर्खेतमा एक जना २० वर्षीय युवकको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो। तर उनको मृत्यु पछि मात्र कोरोना संक्रमणको परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।
कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान विज्ञप्ति जारी गर्दै बिहिबार मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । उनको बिहिबार बिहान मृत्यु भएको थियो। मृत्युपछि मात्र उनको स्वाब परीक्षण गरिएको थियो ।
सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं १ हाँसेगाउँका २० वर्षीय युवक भारतबाट आएका र ८ गतेदेखि विद्यापुरस्थित जनता माविको क्वारेन्टाइनमा बसेका थिए। आरडीटीमा नेगेटिभ आएपछि उनी घर गएका थिए ।
क्वोन्टाइनमा रहँदा सम्म कुनै स्वास्थ्य समस्या नदेखिएका उनको बिहिबार अचानक मृत्यु भएको खबर आएको निर्देशनालयले जनाएको छ ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा