डडेल्धुराको क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ
हेल्थ टिभी अनलाइन\ डडेल्धुरा: डडेल्धुराको क्वारेन्टाइनमा मंगलबार मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। बिहीबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो।
गन्यापधुरा गाउँपालिका–१ स्थित विद्यालयको क्वारेन्टाइनमा बसिरहेकी गाउँपालिका- २ की ३० वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको थियो। क्वारेन्टाइनमा बसिरहेको समयमा उनको मुत्यु भएपछि बुधबार नै महिलाको कोरोना परीक्षणका लागि थ्रोट स्वाबको नमुना धनगढी पठाइएको थियो।
बिहीबार मृतक महिलाको थ्रोट स्वाबको नमुना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त