सुदूरपश्चिममा थप ५ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा बिहीबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा कोरोना पुष्टि भएको हो। योसँगै सुदूरपश्चिममा कोरोनाबाट संक्रमित हुनेको संख्या ८६ पुगेको छ । आज संक्रमण पुष्टि हुनेहरुमा धनगढी फुलवारीकी २५ बर्षीया युवती र २६ बर्षीय पुरुष, कैलालीको घोडाघोडी नगरपालिकाका ३२ बर्षीय पुरुष, अछाम साँफेवगरका २९ बर्षीय पुरुष र बझाङ विथ्थडचिरका २६ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
सुदूरपश्चिमका ८६ जना संक्रमित मध्ये ८३ जना प्रदेशभित्रै रहेका छन् भने एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ। सबैभन्दा बढि कैलालीका ३९ जना, अछामका १४, कञ्चनपुरमा १०, डोटीका १०, बैतडीका ६, बाजुराका तीन, बझाङमा दुई, डडेल्धुरा र दार्चुलाका एक\एक जनामा कोरोना पुष्टि भएको छ।
सुदूरपश्चिममा हालसम्म १ जना संक्रमितको मृत्यु भईसकेको छ भने ७ जनाले कोरोना जितेर घर फर्केका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा