थप ३३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६ सय ३४ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा आज थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरी बिहिबार ३३४ जना संक्रमित थपिएका हुन्। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ सय ३४ पुगेको छ ।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ६१ हजार २६२ रहेको छ । यसैगरी संक्रमित भएर विभिन्न अस्पतालमा उपचार गरिरहेकाको संख्या बिहिबारसम्म २ हजार ३ सय३५ रहेको छ ।
मन्त्रालयका अनुसार कोरोना जितेर घर फर्किनेको संख्या २९० पुगेको छ । यसैगरी नेपालमा हालसम्म १० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा