भारतमा काेराेना कहर : २४ घण्टामा थपिए ९ हजार भन्दा बढी संक्रमित
हेल्थ टिभी अनलाइन\ काठमाडौं: भारतमा पछिल्लो २४ घण्टामा ९ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन्।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ गत २४ घण्टामा मात्रै ९ हजार ३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी एकैदिन २६० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। भारतमा हालसम्म २ लाख १६ हजार ९ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ हजार ७५ जनाको मृत्यु भएको बताइएको छ । भारतमा कोरोना निको भएर घर फर्किनेको संख्या लगभग संक्रमितको ५० प्रतिशत अर्थात १ लाख ४ हजार १०७ जना रहेका छन्।
भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । महाराष्टैमा मात्रै हालसम्म ७५ हजार भन्दा बढी मानिसमा संक्रमण देखिएको छ । त्यहाँ २ हजार ५ सय ८७ जनाले ज्यान गुमाएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा