गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशमा बिहीबार बिहान थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा नयाँ संक्रमण पुष्टि भएको हो। संक्रमण हुनेमा बाग्लुङ, स्याङ्जा, म्याग्दी र पर्वत जिल्लाका छन्।
१६ जनामध्ये बाग्लुङमा १०, स्याङ्जामा १, म्याग्दीमा १ र पर्वतमा ४ जना छन्। उनीहरु सबैलाई सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भैरहेको छ
गण्डकी प्रदेशमा मात्रै संक्रमितको संख्या ५४ पुगेको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या २३ सय १६ पुगेको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा