आइओएमका डीन प्राडा जेपी अग्रवालको उमेर हदका कारण अवकाश
हेल्थ टिभी अनलाइन\ काठमाडौं : त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम )का डीन प्राडा जगदीशप्रसाद अग्रवालको कार्यकाल सकिएको छ ।
साढे तीन वर्षअघि नेतृत्व सम्हालेका उनको ६३ वर्षको उमेर हदका कारण आजदेखि कार्यकाल सकिएको हो । उनी २०७३ साल मंसीर १८ गते ४ वर्षका लागि आइओएमको डीनमा नियुक्त भएका थिए ।
उनको बिदाईमा डीन कार्यालयमा कार्यक्रम गरिएको थियो । सो बिदाई कार्यक्रममा उनले वरिष्ठताका आधारमा डीन नियुक्त गर्न आग्रह गरे। २०४६ साल असोजमा आइओएमबाटै सेवा गरेको भन्दै ३० वर्ष लगातार सेवा गरेर एउटै संस्थाबाट अवकाश पाएकोमा उनले खुशी व्यक्त गरे । हेल्थ टिभी अनलाइनसँग संक्षिप्त कुरा गर्दै उनले जीवनको एउटा सुनौलो अध्याय पार गरेको भन्दै अब पनि बिरामीको सेवामा नै लाग्ने बताए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा