Health TV Online
Health TV Online
Health TV Online

रौतहटमा पनि कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण

रौतहटमा पनि कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण

हेल्थ टिभी अनलाइन\काठमाडौं: रौतहटको राजपुर नगरपालिका वडा नं ९ स्थित बैरिया क्वारेन्टाइनमा रहेकाहरुले  स्वास्थ्यकर्मीमाथि आक्रमण गर्दा उनी घाइते भएका छन्।

क्वारेन्टाइनमा रहेका व्यक्तिहरुले आक्रमण गर्दा स्वास्थ्यकर्मी खुर्शद आलम घाइते भएका हुन्। क्वारेन्टाइनमा रहेका केही व्यक्तिहरुले आफनो आरडीटी परीक्षण पोजेटिभ आएपछि घर जान नपाएको भन्दै स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको बताइएको छ ।

भारतबाट आएर क्वारेन्टाइनमा बसेका मध्ये १८४ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । आज घर पठाउनुअघि आरडीटी परीक्षण गर्दा केही व्यक्तिमा पोजेटिभ देखिएकाले उनीहरुलाई केही दिन बस्नपर्ने भन्दा एक्कासी आक्रमण गरेको आलमको भनाई छ ।

उनीहरुको आक्रमणबाट आलमको टाउको चोट लागेको छ। उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उनीसँगै रहेका अर्को स्वास्थ्यकर्मीलाई पनि चोट लागेको छ ।  यसअघि पनि कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि डोटी र काठमाडौंमै पनि आक्रमण भएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार