Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भए बैतडीका युवक

कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भए बैतडीका युवक

 हेल्थ टिभी अनलाइन\डडेल्धुरा:  बैतडीका कोरोना संक्रमित युवकले कोरोना जितेर आज अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रहरी हिरासतमै रहेका बेला कोरोना संक्रमण पुष्टि भएका बैतडी शिबनाथ गाउँपालिका–२ का २२ वर्षीय युवक आज कोरोना मुक्त भएर घर फर्केका छन्। जेठ ९ गते कोरोना संक्रमण पुष्टि भएर जिल्ला अस्पताल बैतडीमा भर्ना भएका उनले १३ दिनमा कोरोना जितेका हुन्। जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बसन्त राज जोशीले उनी कोरोना मुक्त भएकाले अस्पतालबाट डिस्चार्ज गरेको बताए ।

दुई पटक सम्म गरिएको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो । वैशाख १३ गते शिवनाथ गाउँपालिकाकी किशोरी मृत्यु प्रकरणमा ती युवक वैशाख १५ गतेदेखि प्रहरी हिरासतमा रहेका थिए। प्रहरी हिरासतमै उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टी भएको थियो।

योसँगै सुदूरपश्चिममा कोरोना जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ७ पुगेको छ

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार