Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोनाका गम्भीर बिरामीलाई मात्रै अस्पतालमा राख्छौँ : स्वास्थ्यमन्त्री

कोरोनाका गम्भीर बिरामीलाई मात्रै अस्पतालमा राख्छौँ : स्वास्थ्यमन्त्री

 हेल्थ टिभी अनलाइन\काठमाडौं:  स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अबदेखि अक्सिजन र भेन्टिलेटर आवश्यक पर्ने  गम्भीर संक्रमितलाई मात्र अस्पतालमा भर्ना गरिने बताएका छन्।

बुधबार अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउण्डेशनको पहलमा हेल्थ इन्भारामेन्ट क्लाइमेट एक्सन फाउण्डेशनले उपलब्ध गराएको स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री ढकालले अबदेखि लक्षण नदेखिएका र सामान्य अवस्थाका बिरामीलाई उपचारका लागि क्वारेन्टाइन वा आइसोलेसन सेन्टर बनाएर  राखिने बताएका हुन्। उनले गम्भीर अवस्थाका संक्रमितलाई अस्पताल र उपचारको अभाव नहोस् भन्नका लागि  सरकार अब नयाँ नीतिमा जाने बताए । अब सामान्य बिरामीलाई बेडमा राख्दा गम्भीर संक्रमितले बेड नपाउने देखिएकाले यो नीति लिइएको हो, उनले भने।

मन्त्री ढकालले बढीमा १५ हजारसम्म संक्रमित हुन सक्ने आँकलनका आधारमा त्यसको पाँच प्रतिशतका लागि भेन्टिलेटरसहितको अस्पतालमा राख्न सकिने प्रबन्धमा सरकार लागेको जानकारी दिए ।

फाउण्डेशनका अध्यक्ष महेश नकर्मीले ३० थान भेन्टिलेटरसहित एक करोड ७० लाख मूल्य बराबरको सामानउपलब्ध गराइएको जानकारी दिए ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार