Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डडेल्धुराको क्वारेन्टाइनमा एक महिलाको मृत्यु, कोरोना परीक्षण हुँदै

डडेल्धुराको क्वारेन्टाइनमा एक महिलाको मृत्यु, कोरोना परीक्षण हुँदै

हेल्थ टिभी अनलाइन\डडेल्धुरा: डडेल्धुराको क्वरेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ। डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–२ की ३० वर्षीया महिलाको मृत्यु भएको हो।

मंगलबार राति शौचालय जाँदा बेहोस भएकी ती महिलाको त्यस लगत्तै मृत्यु भएको वडाल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर विष्टले जानकारी दिए। चार दिनअघि भारतबाट आएकी महिला श्रीमान् र छोरासहित गन्यापधुरा गाउँपालिका–१ ले निमार्ण गरेको असिग्राम आधारभूतको क्वारेन्टाइनमा बसिरहेकी थिइन्।

अहिले स्वास्थ्यकर्मीको टोली घटनास्थल गएको र कोरोना परीक्षणका लागि उनको स्वाब संकलन गरिने स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार