Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालगञ्जका नर्स र पत्रकार जोडीको पहिलो कोरोना रिपोर्ट नेगेटिभ

नेपालगञ्जका नर्स र पत्रकार जोडीको पहिलो कोरोना रिपोर्ट नेगेटिभ

हेल्थ टिभी अनलाइन\काठमाडौं : कोरोना भाइरस संक्रमण पुष्टि भएकी नेपालगञ्ज खजुराकी नर्स र उनका श्रीमानको पहिलो चरणको रिपोर्ट नेगेटिभ आएको छ।

खजुरा गाउँपालिका-३ की नर्स र उनका श्रीमानको पहिलो चरणको रिपोर्ट आज नेगेटिभ आएको हो । हेल्थ टिभी अनलाइसँग कुरा गर्दै ती नर्सले भनिन्, ‘हिजो परीक्षणका लागि स्वाब संकलन गरिएको थियो आज रिपोर्ट आयो, हामी दुबै जनाको कोरोना नेगेटिभ देखिएको छ । अब भोलि बिहान पुन:परीक्षण गरिने र अर्को रिपोर्ट पनि नेगेटिभ आएपछि पर्सीसम्म डिस्चार्ज हुन्छौँ होला, उनले थपिन्।

उनले आफू आइसोलेसनमा रहँदा कुनै स्वास्थ्य समस्या नभएको पनि जानकारी दिइन्। उच्च आत्मबल र सकारात्मक सोचाइले कोरोना मात्रै होइन सबै खाले रोगलाई जित्न सकिने उनको भनाई छ । डिस्चार्ज भएर गएपछि काममा फर्किन आतुर भएको पनि उनले सुनाइन्।

कोरोना रोकथाम तथा नियन्त्रणमा फ्रन्टलाइनमा रहेर काम गरेकी खजुरा गाउँपालिका स्वास्थ्य शाखाकी सह संयोजक र बाँके नर्सिङ संघकी अध्यक्ष समेत रहेकी उनलाई गत जेठ ८ गते कोरोना पुष्टि भएको थियो । त्यसपछि जेठ ९ गतेदेखि उनी खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा रहेकी छिन्। उनमा कोरोना पोजेटिभ देखिएपछि उनका पत्रकार श्रीमानको परीक्षण गर्दा जेठ १२ गते उनमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु दुबै जना अहिले खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार