नेपालगञ्जका नर्स र पत्रकार जोडीको पहिलो कोरोना रिपोर्ट नेगेटिभ
हेल्थ टिभी अनलाइन\काठमाडौं : कोरोना भाइरस संक्रमण पुष्टि भएकी नेपालगञ्ज खजुराकी नर्स र उनका श्रीमानको पहिलो चरणको रिपोर्ट नेगेटिभ आएको छ।
खजुरा गाउँपालिका-३ की नर्स र उनका श्रीमानको पहिलो चरणको रिपोर्ट आज नेगेटिभ आएको हो । हेल्थ टिभी अनलाइसँग कुरा गर्दै ती नर्सले भनिन्, ‘हिजो परीक्षणका लागि स्वाब संकलन गरिएको थियो आज रिपोर्ट आयो, हामी दुबै जनाको कोरोना नेगेटिभ देखिएको छ । अब भोलि बिहान पुन:परीक्षण गरिने र अर्को रिपोर्ट पनि नेगेटिभ आएपछि पर्सीसम्म डिस्चार्ज हुन्छौँ होला, उनले थपिन्।
उनले आफू आइसोलेसनमा रहँदा कुनै स्वास्थ्य समस्या नभएको पनि जानकारी दिइन्। उच्च आत्मबल र सकारात्मक सोचाइले कोरोना मात्रै होइन सबै खाले रोगलाई जित्न सकिने उनको भनाई छ । डिस्चार्ज भएर गएपछि काममा फर्किन आतुर भएको पनि उनले सुनाइन्।
कोरोना रोकथाम तथा नियन्त्रणमा फ्रन्टलाइनमा रहेर काम गरेकी खजुरा गाउँपालिका स्वास्थ्य शाखाकी सह संयोजक र बाँके नर्सिङ संघकी अध्यक्ष समेत रहेकी उनलाई गत जेठ ८ गते कोरोना पुष्टि भएको थियो । त्यसपछि जेठ ९ गतेदेखि उनी खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा रहेकी छिन्। उनमा कोरोना पोजेटिभ देखिएपछि उनका पत्रकार श्रीमानको परीक्षण गर्दा जेठ १२ गते उनमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु दुबै जना अहिले खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा रहेका छन्।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त