आज एकैदिन थपिए २८८ जना संक्रमित
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा आज थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरी मंगलबार २८८ जना संक्रमित थपिएका हुन्। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । मन्त्रालयका अनुसार आजसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ४५ हजार ३ सय ७५ रहेको छ । यसैगरी संक्रमित भएर विभिन्न अस्पतालमा उपचार गरिरहेकाको संख्या मंगलबारसम्म १ हजार ८ सय २५ जना रहेको छ । मन्त्रालयका अनुसार कोरोना जितेर घर फर्किनेको संख्या २६६ पुगेको छ । गत २४ घण्टामा ४५ जनाले कोरोना जितेर घर फर्केका छन्।
नेपालमा हालसम्म ८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा