Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आज एकैदिन थपिए २८८ जना संक्रमित

आज एकैदिन थपिए २८८ जना संक्रमित

हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा आज थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरी मंगलबार २८८ जना संक्रमित थपिएका हुन्। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । मन्त्रालयका अनुसार आजसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ४५ हजार ३ सय ७५  रहेको छ । यसैगरी संक्रमित भएर विभिन्न अस्पतालमा उपचार गरिरहेकाको संख्या मंगलबारसम्म १ हजार ८ सय २५ जना रहेको छ । मन्त्रालयका अनुसार कोरोना जितेर घर फर्किनेको संख्या २६६ पुगेको छ । गत २४ घण्टामा ४५ जनाले कोरोना जितेर घर फर्केका छन्।

नेपालमा हालसम्म ८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार